कास्कीको फुटबल टोली घोषणा, नवलपुरसँग शनिबार भिड्ने
पाेखरा | जेठ २५, २०८१
पोखरा: कास्की जिल्ला फुटबलसंघ कास्कीले गण्डकी प्रदेश प्रतियोगिताका लागि टोली घोषणा गरेको छ ।
आज १६ सदस्यीय टोली घोषणा गरेको एन्फा कास्कीका महासचिव बुद्धि बहादुर खत्री क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार कास्कीको टोलीमा आयुष्मान गुरुङ, आकाश रानाभात, विवेक श्रेष्ठ, योगश गुरुङ, सरोज गुरुङ, रन्दिप पौडेल, राजकुमार कुँवर, विसन गुरुङ अनिश तामाङ, विपुल गौतम, जीवन गुरुङ, अभिषेक थापा, विनय तामाङ, किशोर गुरुङ, निश्चल जिसी र मनोज गुरुङ रहेका छन् ।

उक्त टोलीको मुख्य प्रशिक्षकमा सन्तोष जिसी र व्यवस्थापकमा ओम गुरुङ छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा आजबाट पोखरा रंगशालामा सुरु भएको गण्डकी प्रदेश फुटबल प्रतियोगितामा कास्कीले भने भोलि शनिबार (बिहान १० बजे) नवलपुरसँग प्रतिस्पर्धा गर्नेछ ।
उक्त प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

